Skip to content
Prabhu

१९ प्रतिशतले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा, ईपीएस कति ?

nabil

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशतले नाफा वृद्धि गरेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा १९.०३ प्रतिशतले नाफा बढेको हो ।

प्रकाशीत विवरण अनुसार गत आवको पहिलो तीन महिनासम्ममा ३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले चालु आवमा ४ करोड ४ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ४ करोड ८६ लाख रुपैयाँबाट बढेर ५ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी भने ११.९६ प्रतिशतले घटेको छ । गत वर्ष १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु वर्षमा घटेर १३ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि १८ करोड ३७ लाख रुपैयाँबाट घटेर १५ करोड ९४ लाख रुपैयाँमा झरेको छ ।

चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ती कोषमा ५४ करोड ३४ लाख रुपैयाँ सञ्चिती रहेको छ । समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको छ भने प्रतिसेयर आम्दानी ४.१८ रुपैयाँले वृद्धि भएर २६.१६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८७.८० रुपैयाँ छ । कम्पनीले ९ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal