काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी मोहन कुमार सुवेदीको नाममा रहेको ४४ हजार ८४१ कित्ता शेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउँछन् । सेयर खरीद गर्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित आफूले किन्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ ।
साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्