Skip to content
Prabhu

मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nabil

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई कम्पनी मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर ७ गते काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा बिहान ८ बजे साधारणसभा बोलाएको छ । यस्तै, बोनस सेयर वितरणपछि बढ्ने चुक्ता पुँजीको आधारमा कम्पनीले १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ । यस हकप्रद सेयरबाट उठेको पुँजी माथिल्लो सार्दी खोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण, डल्फिन पावरमा लगानी र बैंक ऋण भुक्तानीमा प्रयोग गरिनेछ ।

साथै सभामा गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि समावेश गरिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal