काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विजय मान नकर्मी चयन भएका छन् । लघुवित्तको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक नकर्मीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
नकर्मीलाई अध्यक्ष चयन गरिएको कम्पनी सचिव देवकर कार्कीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्