काठमाडौं । मंगलबारको सेयर कारोबार खुल्न वित्तिकै गुराँस लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुल्न वित्तिकै यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेको हो ।
अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको यो कम्पनीको सेयर मूल्य २२९ रुपैयाँ ९० पैसाले बढेर २ हजार ५२८ रुपैयाँ ९० पैसा पुगेको छ । यो समाचार तयारपार्दासम्म ११ बजेर २६ मिनेटको कारोबार जारी रहँदा समग्र बजार परिसूचक पनि ११ दशमलव ६७ अंकले बढेर २७७१ दशमलव ८८ विन्दुमा पुगेको छ । यो अवस्थामा ७४ करोड भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्