एजेन्सी । अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प पुनः विजय भएपछि वित्तीय बजारहरूले शानदार रुपमा स्वागत गरेका छन् । ट्रम्पको ट्यारिफ, कर कटौती र ठूलो मात्रामा आप्रवासी निस्कासन जस्ता योजनाहरूले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई कसरी प्रभावित गर्न सक्छ भन्ने बिषयमा धेरै बहस भए तापनि, यसमा सकारात्मक सन्देश प्रवाह भएको छ ।
चुनावको दिनअघि ४ नोभेम्बरदेखि अमेरिकाका तीन प्रमुख शेयर सूचकांकहरूमा लगभग ५ प्रतिशतको वृद्धि भएको थियो र अहिले त्यो बढाइ क्रमशः स्थिर हुन थालेको देखिएको छ । मंगलबार अमेरिकी तीन प्रमुख शेयर सूचकांकहरू झरेका छन् । अहिलेका लागि केही कम्पनीहरू यस उभारबाट फाइदा लिन सफल भएका छन्, किनकि लगानीकर्ताहरूले आगामी चार वर्षका सम्भावनाहरूको आँकलन गर्न खोजिरहेका छन्।
टेस्ला
यही ४ नोभेम्बरदेखि टेस्लाको शेयरमा लगभग ३५ प्रतिशतले वृद्धि भएको छ । यसले कम्पनीको बजार मूल्यलाई सन् २०२२ पछि पहिलो पटक १ ट्रिलियन डलरभन्दा माथि पुर्याएको छ । यसका प्रमुख एलन मस्कको सम्पत्तिमा लगभग ५० अर्ब डलरको वृद्धि गराएको छ । ट्रम्पको नेतृत्वमा सरकारले अटो ड्राइभिङ लगायतका विशेषताहरूमा हुने सुरक्षा निकायहरूद्वारा गरिने अनुसन्धानलाई केही हदसम्म सहज बनाउन सक्ने अनुमान लगाइएको छ ।
ट्रम्प र मस्कबीचको सम्बन्धले टेस्लालाई चीनसँगको सम्बन्धमा हुने परिवर्तनलाई सहज बनाउन सहयोग पुर्याउन सक्छ । हालको अमेरिकी इलेक्ट्रिक गाडी बजारमा टेस्ला अगुवाइ गरिरहेकाले सम्भावित कर क्रेडिट हटाउन सक्ने नीति टेस्लाको लागि फाइदाजनक हुन सक्छ, जसले प्रतिस्पर्धीलाई अगाडि बढ्न कठिन बनाउनेछ ।
क्रिप्टोकरेन्सी
क्रिप्टोकरेन्सी बिटकॉइनको मूल्य ट्रम्पको विजयको साथ नयाँ उचाईमा पुगेको छ। यो हप्ता बिटकॉइनको मूल्य २५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यसले क्रिप्टो क्षेत्रमा ठूला परिवर्तनको आशा गरेको संकेत दिएको छ । जुन बाइडेन प्रशासनको कडा नियमनको सामना गर्दै आएको थियो । ट्रम्पले यो वर्ष अभियानमा अमेरिकीलाई क्रिप्टोक्यापिटल बनाउने वाचा गरेका छन् । र, एसईसीका अध्यक्ष ग्यारी गेन्स्लरलाई बर्खास्त गर्ने योजना व्यक्त गरेका छन् । यो निर्णयको लागी क्रिप्टो फर्महरूले नयाँ नियमको माग गरेका छन्, जसले कांग्रेसमा केही समर्थन पाउन सक्छ ।
बैंकहरू
ट्रम्पको निर्णयले वित्तीय क्षेत्रलाई फाइदा पुग्ने विश्वासमा अमेरिका कै ठूला बैंकहरूको शेयरमा दोहोरो अंकमा वृद्धि देखिएको छ । उनले नगदको सुरक्षित बफर राख्नुपर्ने नियमहरू निर्धारणमा निर्णय गर्ने मौका पाउनेछन् । ट्रम्पले मर्जर सम्बन्धित कार्यलाई बढावा दिने दृष्टिकोण लिनेछन् भन्ने विश्वासमा क्यापिटल वन र डिस्कभर जस्ता बैंकका शेयरमा १५ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ।
अमेरिकी डलर
डलर सूचकांक गत हप्तामा २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ, जुन अप्रिलपछि सबैभन्दा उच्च स्तरमा पुगेको छ। यसले विदेश घुम्न जाने अमेरिकीहरूलाई फाइदा पुर्याउँछ, तर अर्थतन्त्रको लागि मिश्रित संकेत हो । ट्रम्पको नीतिहरूले मूल्यवृद्धिमा दबाव कायम राख्न सक्छ भन्ने आशंका छ, जसले अमेरिकी केन्द्रीय बैंकलाई ब्याज दर घटाउने सम्बन्धमा अलमल्याउनेछ ।
प्रतिक्रिया दिनुहोस्