काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८.४९ प्रतिशत वृद्धि भएको हो ।
गत आवमा कम्पनीले ९५ लाख ३२ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवमा १ करोड ७० लाख रुपैयाँ नाफा कमाएको हो । चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा १ करोड ३४ लाख रुपैयाँ रहेकोमा चालू आवमा २ करोड ४० लाख रुपैयाँ रहेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा ७ करोड ८९ लाख रुपैयाँ रहेकोमा चालू आवमा ११ करोड ३५ लाख रुपैयाँ छ ।
कम्पनीको चुक्ता पजी ४४ करोड १६ लाख रुपैयाँ छ । कम्पनीको जगेडा तथा कोषमा २८ करोड ६९ लाख रुपैयाँ र सञ्चित मुनाफामा १ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.७८ रुपैयाँले वृद्धि भएर १५.४१ रुपैयाँ पुगेको छ र प्रतिसेयर नेटवर्थ १६८.७० रुपैयाँ ।
प्रतिक्रिया दिनुहोस्