Skip to content
Prabhu

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्सले संस्थापक सेयरधनी वासना के.सी. को नाममा रहेको ८ हजार ५४९ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरू मात्रै खरीद गर्न सक्छन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको म्यादसम्म संस्थापकहरूबाट सेयर खरीदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले बताएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal