Skip to content

नेरुडे मिर्मिरे लघुवित्तको नोक्सानी २६ करोड ११ लाख

nabil bank

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थ लिमिटेड २६ करोड बढी नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वितीय विवरण अनुसार २६ करोड ११ लाख रुपैयाँले नोक्सानीमा रहेको हो ।

असोज मसान्तसम्ममा लघुवित्तले २६ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । त्यस्तै, लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ७४ रुपैयाँ ७३ पैसा ऋणात्मक र वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ११ पैसा ऋणात्मक रहेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खराब कर्जा १६.१४ प्रतिशत रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६२ प्रतिशतविन्दु बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खराब कर्जा ५.५२ प्रतिशत मात्र थियो । खराब कर्जा उल्लेख्य बढेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज पनि उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासम्ममा २ करोड ५१ लाख रुपैयाँ रहेको लघुवित्तको यस्तो चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २७ करोड ८० लाख रुपैयाँ पुगेको छ । जसका कारण खुद ब्याज आम्दानी ९४.२० प्रतिशत बढेपनि लघुवित्त नोक्सानीमा पुगेको छ ।

१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोष्मा ८७ करोड ९९ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले सो अवधिसम्ममा ११ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५५ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi