Skip to content
Prabhu

आइएमई लाइफको नाफा ११ प्रतिशत बढ्यो, ईपीएस कति ?

nabil

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मा ११ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको तीन महिनाको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ११.२२ प्रतिशतले बढेको हो ।

गत आवमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले आवको तीन महिनासम्ममा १४ करोड ५० लाख रुपैयाँ नाफा पु¥याएको छ । चालु आवमा कम्पनीको आम्दानी बढेसँगै नाफामा यसको सकारात्मक प्रभाव देखिएको हो । गत आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ३६ करोड रहेकोमा चालू आवमा बढेर १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी छ ।

गत आवको पहिलो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ५ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १० अर्ब ७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको यसै समयमा कम्पनीको जीवन बीमा कोष ४२.७२ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै गत आवको पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा उक्त रकम १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी पुगेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ । कम्पनीले पहिलो तीन महिनाको अवधिमा रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ३१ लाख रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ४१ लाख रुपैयाँ र सेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ ।
नाफा वृद्धि भए तापनि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) भने १ रुपैयाँ ४४ पैसाले घटेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४ पैसा रहेकोमा चालु आवमा घटेर ११ रुपैयाँ ६० पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ६६ पैसा छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal