Skip to content
Prabhu

मेट लाइफको नाफामा सामान्य सुधार

nabil

काठमाडौं । मेट अमेरिकन लाइफ इन्स्योरेन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार नाफामा सामान्य सुधार देखिएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत आवको सोही अवधिको तुलनामा ४.२९ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा कम्पनीको नाफा ९ करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीको नाफा ९ करोड २५ लाख रुपैयाँ रहेको थियो । कम्पनीको आम्दानी बढेसँगै नाफामा टेवा पुगेको देखिन्छ ।

गत आवको असोज मसान्तसम्ममा २ अर्ब १ करोड ७८ लाख रुपैयाँ कुल आम्दानी गरेको यस कम्पनीको चालु आवको यसै अवधिमा बढेर २ अर्ब ९ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमाससम्म १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा १ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आर्जन ४.५९ प्रतिशत बढेको छ ।

गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ९५ करोड रुपैयाँ थियो । चालू आवको यसै समयमा उक्त रकम ११.३१ प्रतिशतले वृद्धि भएर २६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको पहिलो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा २ अर्ब ४० करोड ५० लाख रुपैयाँ छ भने महाविपत्ति कोषमा ५० करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal