Skip to content
Prabhu

एक सय ४६ करदाताको बैंक खाता रोक्का

nabil

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले १४६ करदाताको बैंक खाता रोक्का गरेको छ । कार्यालयले १ लाख रुपैयाँ भन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरुको बैंक खाता रोक्का गरेको हो ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुको बैंक खाता रोक्का गरिएको हो । कार्यालयमा रहेका करदतामध्ये ४९५ करदाताले मूल्य अभिवृद्धि करको ६५ करोड ९७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

त्यस्तै आयकरतर्फ ३२३ करदाताले ९४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको उनले बताए । कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार चार सय करदाता छन् भने जम्मा करदाता ५८ हजार चार सय ५५ रहेको पौडेलले जानकारी दिए । पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा ६ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

जुन लक्ष्यको ८८.३६ प्रतिशत हो । सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालु आवको कात्तिक मसान्तसम्ममा ७ अर्ब ६६ करोड ५९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायतका कारण लक्ष्यअनुसार राजस्व संकलनमा कमी आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal