Skip to content
Prabhu

साढे १९ प्रतिशतले बढ्यो आईजीआई प्रुडेन्सियलको नाफा

nabil

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा साढे १९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १९.५० प्रतिशतले नाफा बढाएको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा ६ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ५ करोड ११ लाख रुपैयाँ रहेको थियो । कम्पनीको आम्दानीमा बढेसँगै नाफामा पनि सुधार देखिएको छ । गत आवमा कम्पनीको कुल आम्दानी ४२ करोड ६८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४५ करोड ९३ लाख रुपैयाँभन्दा बढी पुगेको छ । गत आवको पहिलो त्रैमाससम्म कम्पनीले २२ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा उक्त रकम २२ करोड ५७ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ छ । कम्पनीले पहिलो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा ३५ करोड २ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ३५ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ७४ करोड २० लाख रुपैयाँ सञ्चित गरेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७५ पैसा रहेकोमा चालू आवमा बढेर ८ रुपैयाँ ६ पैसा पुगेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ१९० रुपैयाँ ४९ पैसा छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal