Skip to content
Prabhu

ओरिएण्टल इन्स्योरेन्स नाफा साढे २४ करोडले ऋणात्मक

nabil

काठमाडौं । ओरियएण्टल इन्स्योरेन्स कम्पनीको नाफामा साढे २४ करोड रुपैयाँले ऋणात्मक बनेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण अनुसार २४ करोड ५१ लाख रुपैयाँले खुद नाफा ऋणात्मक बनेको हो ।

गत आवको सोही अवधिमा कम्पनी १ करोड ४९ लाख रुपैयाँले धनात्मक रहेको थियो । गत आवको पहिलो त्रैमाससिकम्ममा १६ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस कम्पनीले चालु आवको सोही अवधिमा १९ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, गत आवको असोज मसान्तसम्म २७ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीको चालु आवको सोही समयमा बढेर १९ करोड ४४ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च पनि २५ करोड १६ लाख रुपैयाँबाट बढेर ६२ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

पहिलो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ३७ करोड ५८ लाख रुपैयाँ ऋणात्मक र महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ छ भने स्पेशल रिजर्भमा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal