काठमाडौं । साताको कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ दशमलव ०७ अंकले बढेर बन्द भएको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १२ अंकले बढेर ४८४ दशमलव ८१ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ५२ कम्पनीका २२ हजार २७२ कित्ता सेयर १३६ पटक खरिद बिक्री हुँदा १ करोड ५५ लाख ८७ हजार ३९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्