Skip to content
Prabhu

सांग्रिला बैंकको संस्थापक सेयर सर्वसाधारणले समेत किन्न पाउने

nabil

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले तीन जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ९ हजार ९३ कित्ता सेयर बिक्रीमा राखेको हो ।

यसअघि यी सेयरहरू बैंककै अन्य संस्थापक सेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएको थियो । तर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण लगाीकर्ताहरूका लागि आवेदन खुला गरिएको हो । सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । यो अवधिभित्र आवेदन दिएपछि योग्य लगानीकर्ताले सांग्रिला बैंकमा संस्थापक सेयरधनी बन्ने अवसर प्राप्त गर्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal