काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको २५ हजार कित्ता सेयर लिलाम मार्फत बिक्रीमा राखेको हो ।
उक्त सेयर इच्छुक जोकोही लगानीकर्ताले खरीद गर्न सक्नछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी घटीमा सम्पूणर् कित्ता सेयर खरीदका लागि आवेदन दिनु पर्नेछ ।
आवेदन भोलि (कात्तिक ३० गते) देखि मंसिर ७ गते कार्यालय समयभित्र काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा पेश गरिसक्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्