काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा नाफामा पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको असोजन मसान्तसम्ममा नाफामा देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष कम्पनी ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा थियो । आम्दानी घटेपनि अन्य आम्दानी बढेको र खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३९.२१ प्रतिशत घटेको छ भने अन्य आम्दानी ३९७.६४ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा २२.८५ प्रतिशत घटेको छ ।
५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४८ करोड ८० लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ २८ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्