Skip to content
Prabhu

धितोपत्र बोर्डको अध्यक्ष सिफारिसः मंसिर ९ गते अन्तर्वार्ताका लागि बोलाइयो तीन उम्मेदवारलाई

nabil

काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष चयन प्रक्रिया पुनः अघि बढाएको छ । अर्थ मन्त्रालयले यसअघि सर्टलिस्टमा परेर पनि अन्तर्वार्तामा अनुपस्थित भएका तीन प्रमुख आवेदकलाई अन्तर्वार्ताका लागि मंसिर ९ गते बोलाइएको हो ।

बोर्डको अध्यक्ष पदका लागि प्रारम्भिक छनोटमा परेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ र सेबोनका कार्यकारी निर्देशक नवराज अधिकारीलाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण सहित अन्तरवार्ताका लागि मंसिर ९ गते बोलाइएको हो ।

गत असोज १८ गते पनि उनीहरूलाई अन्तरवार्ताका लागि बोलाइएको थियो । तर अन्तिम समयमा आएर अन्तर्वार्ता स्थगित गरिएको थियो । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै तीन आवेदकलाई पुनः बोलाएको हो । अर्थ मन्त्रालयले यसअघि कानूनी र प्रशासनिक अड्चनका कारण अन्तर्वार्ता प्रक्रिया रोकिएको जानकारी दिएको थियो ।

नेपालको धितोपत्र बजारको नियामक निकायको अध्यक्ष चयनका लागि प्रारम्भिक छनोट चरणमा पाँच जना आवेदक अघि बढेका थिए । यी पाँचमध्ये दुई आवेदक सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता दिइसकेका छन् । दरखास्त आह्वान गर्दा जम्मा १९ जनाले आवेदन दिएका थिएका थिए । जसबाट कार्ययोजना मूल्यांकन र अन्तर्वार्ताका लागि पाँच जना छनोट भएका थिए ।

अध्यक्ष नियुक्तिमा कानूनी अड्चनसमेत देखा परेको थियो । सन्तोषनारायण श्रेष्ठले नयाँ प्रक्रिया सुरु नगर्न कानुनी चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । जसका कारण अदालतले नयाँ प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको थियो। गत वर्षको पुस २० गते तत्कालीन अध्यक्ष रमेश हमाल आफ्नो कार्यकाल पूरा गरेर बिदा भएपछि बोर्डले पूर्णकालीन अध्यक्ष पाउन सकेको छैन ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal