काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको नाफा २० करोड भन्दा बढी पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २० करोड ९० लाख रुपैयाँ नाफा कमाएको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.७१ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २१ करोड ५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नाफा पनि घटेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा १२.०७ प्रतिशत घटेर ६ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ । गत अािर्थक वर्षको यसै अवधिसम्ममा कम्पनीले साढे ७ करोड नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.३६ प्रतिशत घटेको छ भने अन्य आम्दानी १६९.१२ प्रतिशत र सञ्चालन मुनाफा ५.७५ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६ पैसा घटेर ७ रुपैयाँ ७५ पैसामा झरेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.४५ गुणा रहेको छ । ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६९ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्