काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पौने १२ बजेको अवधिमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
बिहीबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ५३ रुपैयाँ ३० पैसाले बढेर ५८६ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि बढेको छ । यो अवस्थामा सेयर बजार परिसूचक ७ दशमलव ५० बढेको छ ।
यो अवस्थमा नेप्से परिसूचक २७४२ दशमलव ३४ विन्दुमा पुगेको छ । यो अवस्था सेयर बजारमा १ अर्ब ५८ कराड बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्