काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहदा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । अपर हेवाखोलाको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको थियो भने स्वाभिमान लघुवित्तको सेयर मूल्यमा दिउसो १ बजेको करोबार सकयमा सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६९ रुपैयाँले बढेर १ हजार ८५९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि वा गिरावट आएमा त्यो कम्पनीको सेयर कारोबारमा सर्किट लागेर बन्द हुन्छ ।
यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि २० दशमलव ११ अंकले बढेर २७५४ दशमलव ९५ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब २२ करोड भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्