काठमाडौं । सिटी होटल लिमिटेडको कम्पनी सचिवमा जेलिना महर्जन नियुक्त भएकी छिन् । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई मंसिर १ गतेदेखि लागु हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको हो ।
हालका सचिव सुन्दर बहादुर सेनीले दिएको राजीनामा स्वीकृत गर्दै महर्जनलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । सेनीको राजीनामा कात्तिक ३० गतेदेखि लागु हुने गरी स्वीकृत गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्