Skip to content
Prabhu

कर्जा विस्तार गर्न बैंकहरू असफल, बजारबाट निरन्तर तरलता तान्दै राष्ट्र बैंक

nabil

काठमाडौं । राष्ट्र बैंकले बुधबार मात्रै बैंक तथा वित्तीय संसथाहरुबाट ५० अर्ब रुपैयाँ खिच्यो । बैंकको कर्जा प्रभाव नबढेको अवस्था अधिक तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ खिचेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले ऋण लगानी बढाउन नसकेपछि थुप्रिएको निक्षेप केन्द्रीय बैंकमा लगेर राख्न थालेका छन् ।

बजारमा कर्जाको माग नै नभएपछि बैंकहरूले महँगो ब्याजमा संकलन गरेको निक्षेप सस्तो ब्याजमा राष्ट्र बैंकमा राख्नुपर्ने अवस्था आएको छ । कर्जाको माग बढ्न सकेको छैन भने बैंकमा निक्षेप राखेर ब्याज खानेहरू बढ्दै गएका छन्  । राष्ट्र बैंकको तथ्यांकअनुसार अहिलेम्म वित्तीय प्रणालीमा संकलन भएको निक्षेप ६६ खर्ब २२ अर्ब रुपैयाँ छ भने ऋण प्रवाह ५८ खर्ब ८७ अर्ब रुपैयाँ छ । बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउँछन । तर, अहिले ७८.३१ प्रतिशतसम्म मात्रै लगानी गर्न सकेका छन् । यस आधारमा बैंकहरूसँग ६ खर्ब ९७ अर्ब रुपैयाँ लगानी गर्न मिल्ने पैसा छ ।

सरकारी खर्च पनि खासै बढ्न सकेको छैन । जसले गर्दा निर्माण क्षेत्र अझै सुस्त छ । अर्कोतर्फ घरजग्गा कारोबार पनि सुस्त छ । निर्माणका काममा तीव्रता नआउँदासम्म र घरजग्गा कारोबार नफस्टाउँदासम्म कर्जाको माग बढिहाल्ने स्थिति देखिँदैन । त्यसैले बैंकहरूले प्रणालीमा थुप्रिएको पैसा केन्द्रीय बैंकमा राखेर तरलता व्यवस्थापन भइरहेको छ ।

यसअघि आइतबार नै राष्ट्र बैंकले २१ दिनको निक्षेप संकलन उपकरण जारी गरेर ५० अर्ब रुपैयाँ तानेको थियो । त्यो बेला बैंकहरूले ५९ अर्ब ६५ करोड रुपैयाँ राख्न बोलकबोल गरेका थिए । यसअघि कात्तिक २१ गते पनि राष्ट्र बैंकले १ खर्ब तान्न खोज्दा बैंकहरूले २ खर्ब ७ अर्ब १० करोड राख्न बोलकबोल गरेका थिए । बैंकहरूले चालू आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म ७ खर्ब ८९ करोड २० लाख रुपैयाँबराबरको निक्षेप संकलन सुविधा उपयोग गरेका छन् । यस्तै ९६ खर्ब ५२ अर्ब १५ करोड रुपैयाँबराबर स्थायी निक्षेप सुविधा उपयोग गरेका छन् ।

ब्याजदर घट्दा पनि बढेन सकेन कर्जा प्रवाह

निक्षेप बढ्दै गएपछि बैंकहरूले ब्याजदर पनि घटाउँदै लगेका छन् । एक÷डेढ वर्षअघि बैंकहरूसँग तरलता निकै कम थियो । त्यसबेला १३ प्रतिशतसमम्म ब्याज लिएका बैंकहरूले अहिले ६÷७ प्रतिशत ब्याजमा कर्जा दिइरहेका छन् । विगतमा ब्याजदर महँगो हुँदा कजार्एको मागमा गिरावट आयो । अहिले बैंकहरूले ब्याजदर घटाएका छन्, तर पनि कर्जाको माग बढ्न सकेको छैन ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal