काठमाडौं । असोजको दोस्रो साता परेको अबिरल वर्षाका कारण ठूलो जनधनको क्षति भयो । दशैँको आउनै लाग्दा परेको वर्षाले विभिन्न ठाउँका सडकमा क्षति गर्दा आम नागरिकलाई दशैँमा घर जानका लागि समेत समस्या भएको थियो । असोज १० गतेदेखि १२ गतेसम्म अवरिल रूपमा परेको वर्षाका कारण बीमा कम्पनीहरुमा साढे १० अर्बभन्दा बढीको बीमा दाबी परेको छ । बीमा प्राधिकरणको तथ्यांकअनुसार बीमा कम्पनीहरुमा १० अर्ब ५३ करोड २७ लाख ८८ हजार ९८८ रुपैयाँ ७५ पैसा दाबी परेको हो ।
बीमा कम्पनीमा परेको दाबीको ७० प्रतिशत सम्पत्तिमा दाबी परेको छ । प्राधिकरणका अनुसार सम्बित्ति बीमामा १ हजार ६७८ दाबी परेका छन् । उक्त दाबीको कम्पनीहरुले ७ अर्ब ९१ करोड ८९ लाख २७ हजार २३५ रुपैयाँ ५० पैसा भुक्तानी गर्नु पर्ने देखिएको हो । बीमा कम्पनीहरुमा जम्मा ३ हजार ४६० वटा दाबी परेकोमा सम्पत्ति बीमाको दाबी धेरै परेको हो ।
हालसम्म सम्पत्ति बीमामा परेका दाबीमध्ये ३०४ वटाको कम्पनीहरुले भुक्तानी गरेका छन् । जसमा ३८ करोड ९५ लाख ५६ हजार ५५१ रुपैयाँ भुक्तानी गरेका छन् । बीमा कम्पनीले जम्मा ४७ करोड ११ लाख ५८ हजार ६२७ रुपैयाँ दाबी भुक्तानी गरेकोमा सम्पत्ति बीमाको दाबी नै सबैभन्दा धेरै भएको देखिएको छ । बीमा कम्पनीहरुलमा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा २९१ वटा दाबीबाट २ अर्ब ६ करोड ८३ लाख ३३ हजार ५१६ रुपैयाँ बराबरको दाब परेको छ । हालसम्म कम्पनीहरुले १८ वटा दाबीको १ करोड ११ लाख ८२ हजार ५४५ रुपैयाँ भुक्तानी गरेका छन् ।
त्यस्तै कम्पनीहरुले निजी मोटर बीमामा भएको क्षतिको ३३ करोड २५ लाख ८३ हजार ९८२ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। यो बीमामा ९१३ वटा दाबी परेका छन् । जसमध्ये कम्पनीहरुले २०७ वटा दाबीको ३ करोड २३ लाख ४८ हजार ५५० रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै बीमा कम्पनीहरुले सार्वजनिक मोटर बीमामा ३५६ दाबीको १६ करोड ८४ लाख ९ हजार ८९१ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । हालसम्म यो शीर्षकमा परेको दाबीमध्ये कम्पनीहरुले ७७ वटा दाबीको ३ करोड ४८ लाख ९४ हजार ५२१ रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार सामुद्रिक बीमामा २४ वटा दाबी परेका छन् । जसमा कम्पनीहरुले १ करोड ५९ लाख ३१ हजार ५४५ रुपैयाँ भुक्तानी गर्नु पर्ने भएको छ । कम्पनीहरुले हालसम्म यो शीर्षकमा परेका दाबीमध्ये २ वटाको मात्रै भुक्तानी गरेको छन् । जसमा कम्पनीहरुले ७ लाख २१ हजार ५४५ रुपैयाँ भुक्तानी गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
असोजको दोस्रो सातामा परेको वर्षाका कारण भएको क्षतिबाट पशुपन्छी बीमामा ५७ वटा दाबी परेका थिए । जसमा १ करोड २२ लाख ३२ हजार ५९९ रुपैयाँको दाबी परेको छ । योमध्ये कम्पनीहरुले १७ वटा दाबीको १६ लाख ७२ हजार ५९९ रुपैयाँ भुक्तानी गरेका छन् ।
कृषि तथा बाली बीमामा कम्पनीहरुले १२३ वटा दाबीको लागि १ करोड ६ लाख १८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यसमध्ये बीमा कम्पनीहरुले १० वटा दाबी बापतको ५ लाख ६१ हजार ९०० रुपैयाँ भुक्तानी गरेका छन् । विविध शीर्षकमा बीमा कम्पनीहरुमा ५७ लाख ५२ हजार २१८ रुपैयाँको दाबी परेको छ । जसमा १८ वटा दाबी परेको प्राधिकरणको तथ्यांकले देखाएको छ । यो शीर्षकमा कम्पनीहरुले अहिलेसम्म २ वटा दाबी २ लाख २० हजार ५०४ रुपैयाँ भुक्तानी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्