Skip to content

नेपालबाट पहिलो पटक तेस्रो देशमा विद्युत निर्यात, ४० मेगावाट विद्युत बंगलादेश पुग्यो

nabil bank

काठमाडौं । नेपालबाट पहिलोपटक तेस्रो देश बिजुली निर्यात गरिएको छ । यसअघि भारतमा मात्रै निर्यात भइरहेको नेपाली विजुली आजदेखि बंगलादेश निर्यात सुरु भएको हो ।

नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यातको सुभारम्भ गरिएको छ । नेपालले ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरेको हो । भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गरे ।

नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत् पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता छ ।

प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजनासमेत हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi