काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तीन महिनासम्मको अवधिमा नाफामा करिब साढे ६ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार ६.२४ प्रतिशतले नाफा बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा कम्पनीको नाफा १३ करोड ८३ लाख ८५ हजार पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको कूल नाफा १३ करोड २ लाख रुपैयाँ रहेको थियो । कम्पनीको लगानीबाट प्राप्त तथा व्यवसायमा आएको बृद्धिका कारण मुनाफा बढाउन सफल भएको छ ।
आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ८१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार गत आवको तुलनामा ४.९९ प्रतिशतले बृद्धि भएको देखिएको छ । कम्पनीको जगेडा कोषमा ६१ करोड ३७ लाख रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष संञ्चित १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।
कूल ५ अर्ब दुई करोड चुक्ता पुँजी भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा कूल ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा १७.१९ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, कम्पनीको कुल दावी भुक्तानी ५ अर्ब ६२करोड भुक्तानी गरेको छ । त्यस्तै, कम्पनीले लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी १५ प्रतिशतले बृद्धि भएको छ । समीक्षा अवधीमा नेशनल लाइफको प्रतिसेयर आम्दानी १०.६६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्