Skip to content
Prabhu

१४ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा

nabil

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा नेपाल टेलिकमको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससिकम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा गिरावट आएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कुल आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १.११ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ३३ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५.४९ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर ३८ रुपैयाँ ६६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ ।

१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal