Skip to content
Prabhu

सिद्धार्थ प्रिमियरले नाफा ६ करोड कस्ता छन् अन्य सूचक ?

nabil

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा ६ करोड नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिकको वित्तीय विवरण अनुसार खुद नाफा ६ करोड ४० लाख रुपैयाँ पुगेको हो ।

कम्पनीले गत आवको सो अवधिमा कम्पनीले १४ करोड रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको नाफामा भारी गिरावट आएको छ । गत आवको पहिलो तीन महिनामा कम्पनीले ३४ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । जुन चालु आवको यसै अवधिमा बढेर ३४ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले ५८ करोड ५७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यसै अवधिमा कम्पनीले ४७ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ । यस अवधिसम्म कम्पनीले बीमितहरूलाई कुल ६१ करोेड १३ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको कम्पनीले पहिलो त्रैमाससम्म जगेडा कोषमा १ अर्ब १७ करोड रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ५५ लाख रुपैयाँ, स्पेशल रिजर्भमा २ अर्ब ५० करोड र शेयर प्रिमियममा ४ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १२ पैसा र प्रतिसेयर नटेवर्थ २७७ रुपैयाँ ६७ पैसा छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal