काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा साढे १० प्रतिशतले सुधार देखिएको हो ।
कम्पनीले गत आवमा ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आवमा बढेर ५ करोड ६० लाख रुपैयाँ पुगेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसाबाट बढेर १५ रुपैयाँ ५४ पैसा पुगेको छ । यसै समयमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
चालु आवको असोज मसान्तसम्म कम्पनीले २३ करोड २४ लाख रुपैयाँ आम्दानी गरको छ भने १५ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको बीमा कोषमा २ अर्ब २९ करोड रुपैयाँभन्दा बढी रकम छ भने झण्डै १ अर्ब ३५ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ छ । कम्पनीले पहिलो त्रैमासम्म जगेडा कोषमा २५ करोड रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ३२ करोडभन्दा बढी रकम सञ्चित गरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्