काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा ३२ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त नाफा आर्जन गरेको हो ।
कम्पनीले गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो । आम्दानी घटेसँगै कम्पनीको नाफामा दबाब परेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले १ करोड ८१ लाख रुपैयाँ घाटा बेहोरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले १९ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले २३ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खर्च ३१ करोड ६५ लाख रुपैयाँबाट बढेर ३४ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमाकोषमा ३ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी रकम छ भने १ अर्ब ५४ करोड रुपैयाँबढी बीमितलाई दाबी भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले जगेडा कोषमा १ अर्ब १३ करोड रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड रुपैयाँ र स्पेशल रिजर्भमा झण्डै ९८ करोड रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १० पैसा छ ।
प्रतिक्रिया दिनुहोस्