Skip to content
Prabhu

एनएलजी इन्स्योरेन्सको नाफा पौने ५ करोड

nabil

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा पौने ५ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको पहिलो त्रैमासिककसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४ करोड ८९ लाख ५ हजार रुपैयाँ नाफा कमाएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीको नाफामा ४.२२ प्रतिशतले गिरावट आएको छ । कम्पनीले गत आवको सोही अवधिमा ५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीको बीमा कोषको आकार ३४.१९ प्रतिशतले वृद्धि भएर २ अर्ब ८३ करोड ८१ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन सामान्य घट्न पुगेको छ । यस अवधिमा कम्पनीको यस्तो आर्जन गत आर्थिक वर्षको तुलनामा ७.११ प्रतिशतले घटेर ३५ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको उक्त आर्जन ४१ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.७१ रुपैयाँ रहेको छ भने चुक्त पुँजी १ अर्ब ५३ करोड छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१४.३० रुपैयाँ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal