Skip to content
Prabhu

सलिको इन्स्योरेन्स करिब ९ करोड नोक्सानीमा

nabil

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवस्थामा करिब ९ करोडले नोक्सानी व्यहोरेको छ । आज सार्वजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ८ करोड ९५ लाख रुपैयाँ घाटामा हरेको हो ।

तीन महिनाको अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ३१.४२ प्रतिशतले बृद्धि भएर ७७ करोड ० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सलिको इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३१ करोड १८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले आम बिमीतहरुलाई सात अर्ब ३० करोड ४४ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिन बाँकी रहेको छ । अघिल्ल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको भुक्तानी दिन बाँकी रहेको रकम दोहोरो अंकले बृद्धि भएको छ ।

दुई अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको महाबिपत्ती कोषमा १९ करोड ४५ लाख रुपैयाँ र जगेडा कोषमा ४१ करोड ६१ लाख रुपैयाँ सञ्चिती रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षमा ८ रुपैयाँ ७० पैसा रहेको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा १३ रुपैयाँ ६५ पैसाले ऋणात्मक रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal