Skip to content
Prabhu

सर्वोत्तम सिमेन्टको नाफा ऋणात्मक

nabil

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सर्वोत्तम सिमेन्टको नाफा ऋणात्मक देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण अनुसार खुद मुनाफा २ करोड २५ लाख रुपैयाँले ऋणात्मक देखिएको हो ।

असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल नाफा १२ करोड ३ लाख रुपैयाँ रहेको छ भने अन्य आम्दानी ८८ लाख ४१ हजार रुपैयाँ रहेको छ । सो अवधिसम्ममा कम्पनीको कुल खर्च १४ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा रहेको छ । ४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal