Skip to content

शिखर इन्स्योरेन्स २१औं वर्षमा प्रवेश

nabil bank

काठमाडौं । देशकै उत्कृष्ट निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स आजबाट २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । २०६१ साल मंसिर २ गतेबाट औपचारिक रूपमा शिखर इन्स्योरेन्स स्थापना भएको थियो ।

कम्पनीले २१औं वर्ष प्रवेश तथा २०औं बार्षिकोत्सव देशव्यापी रूपमा रक्तदान कार्यक्रम गरेर मनाउँदै छ । आज बिहान कम्पनीका सात वटै प्रदेश कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम धमाधम सञ्चालन भइरहेका छन् । त्यस्तै कतिपय स्थानमा सम्पन्न समेत भइसकेको छ । कम्पनीले २०औं बार्षिकोत्सवको अवसरमा बीमालाई आम जनताको बीचमा पुर्याएर अझै सरल बीमा सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएको छ ।
बार्षिकोत्सवको अवसरमा कम्पनीका सीईओ दीप पाण्डेले आम जनताले पाउने बीमा सेवा अझै सरल बनाउने प्रतिवद्धता जनाउँदै नियामक निकाय, नेपाल सरकार, बीमित र कर्मचारी सबैमा आभार व्यक्त गरेका छन् । आगामी दिनमा अझै सरल र छरितो सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

१० करोडको चुक्ता पुँजीबाट स्थापना भएको यस कम्पनीको हाल २ अर्ब ६५ करोडको चुक्ता पुँजी रहेको छ । साथै ७ अर्ब ६५ करोड भन्दा बढी नेटवर्थ सहित निजि क्षेत्रबाट प्रवद्र्धित बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी नेटवर्थ रहेको निर्जीवन बीमा कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ ।

नेपालमा बीमाको पहुँच अभिवृद्धि गर्न शिखर इन्स्योरेन्सले जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा, ताप्लेजुङ, संखुवासभा जस्ता दुर्गम भेगमा समेत गरी ११२ शाखा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले हिमाली क्षेत्रमा पहिलो पटक मौषममा आधारित स्याऊ बीमा गरेर किसानहरुलाई राहत समेत प्रदान गरेको छ । त्यस्तै, कम्पनीले चितवनमा गरेको केरा बीमा समेत उत्कृष्ट र नमुना बीमाको रूपमा परिचित छ ।

२०६१ साल जेठ १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको शिखर इन्स्योरेन्स कम्पनीले २०६१ साल कार्तिक २६ गते बीमा समितिबाट निर्जीवन बीमा सेवा प्रवाह गर्ने लाईसेन्स पाएको थियो । बीमा समितिबाट लाईसेन्स पाएको १ साताभित्रै अर्थात् मंसिर २ गतेबाट औपचारिक रूपमा बीमा सेवा शुरू गरेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime