Skip to content
Prabhu

एभरेष्ट कलरले पारित गर्‍यो आईपीओ निष्कासन प्रस्ताव पारित

nabil

काठमाडौं । रंग उत्पादन कम्पनी एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणलाई चुक्ता पुँजीको १५ प्रतिशत साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको शनिबार सम्पन्न पहिलो साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पाँच जना सञ्चालकलाई पनि निर्वाचित गरेको छ । एभरेष्ट कलरको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ रहेको छ । संस्थापक सेयरधनीहरूले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेको र १५ प्रतिशत साधारण सेयर निस्कासनपछि चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीका निर्वाचित सञ्चालकहरूमा सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुंगाना छन् । ७ सदस्यीय सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना र एक स्वतन्त्र सञ्चालक पनि रहने व्यवस्था छ । निर्वाचित सञ्चालकहरूलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal