काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा सेयर बजार परिसूचक ४ दशमलव ६४ अंकले बढेर २७५३ दशमलव ४३ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपनमा सेन्सेटिभ इन्डेक्स ० दशमलव १४ अंकले बढेर ४८६ दशमलव १८ विन्दुमा बन्द भएको छ । आजको प्रि ओपनमा ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ९२ कम्पनीका ६९ हजार ३४४ कित्ता सेयर २७६ पटक खरिद बिक्री हुँदा ५ करोड २७ लाख ३५ हजार ७४५ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्