काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ४० औं वार्षिक साधारणसभा मंसिर २७ गतेका लागि बोलाएको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २७ गतेका लागि सभा बोलाएको हो ।
यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश (कर सहित) विरतण गर्ने निणर्य गरिसकेको छ । उक्त साधारणसभामा बैंकले लाभांश वितरण लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १० गते सोमबार १ दिनका लागि बुक क्लोज गर्ने निणर्य पनि गरेको छ । यसका आधारमा मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्