काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबारको सेयर कारोबार जारी रहँदा बजारमा करिब साढे ३ अर्ब भन्दा बढीको कारोबार भएको छ । मध्याह्न १२ बजेको समयसम्ममा सेयर बजारमा ३ अबै ४२ करोड ७४ लाख ९६ हजार ८४६ रुपैयाँको कारोबार भएको हो ।
समग्र बजार परिसूचक पनि यो अवधिसम्मा १.२१ प्रतिशतले बढेको छ । पहिलो एक घण्टाको अवधिमा सेयर बजार परिसूचक २८०० विन्दु नजिक पुगेको छ । यो अवधिमा नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर २७८२ दशमलव ०७ विन्दुमा पुगेको छ ।
यो अवधिसम्ममा सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो अवधिसम्ममा बलेफि हाइड्रोपावर र स्वाभिमान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्