Skip to content
Prabhu

नेप्से परिसूचक ४.९८ अंकले बढ्यो, कारोबार ११ अर्ब ७२ करोड

nabil

काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक सामान्य बढेको छ । आइतबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४ दशमलव ९८ अंकले घटेर बन्द भएको हो ।

कारोबार रकममा सुधार आएको दिन परिसूचक ४ दशमलव ९८ अंकले बढेर २७५३ दशमलव ७६ विन्दुमा पुगेको छ । दिनभरको उतारचढाब बीच सेयर बजार अन्तिममा झिनो अन्तरले बढेको हो । २७८७ विन्दुसम्म पुगेको बजारमा त्यस पछि भने करेक्सन देखिएको थियो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ अंकले घटेर ४८५ दशमलव ९१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी चार वटा उपसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन बिहीबार १० अर्ब १८ करोडको कारोबार भएको बजारमा आज ११ अब ७२ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२६ कम्पनीका २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर १ लाख १३ हजार २५२ पटक खरिद बिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९०४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको सेयर कारोबार बन्द हुँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal