काठमाडौं । पूर्वसभाामुख दमननाथ ढुंगानाको काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे निधन भएको उनका आफन्त सुरज भट्टराईले जानकारी दिए। सो अस्पतालमा उनको कलेजोसम्बन्धी समस्याको उपचार भइरहेको थियो ।
उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए।
प्रतिक्रिया दिनुहोस्