काठमाडौं । आइतबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भयो । कारोबार बन्द हुँदा परिसूचक ४ दशमलव ९८ अंकले बढेर बन्द भयो । आज १४५ कम्पनीको सेयर मूल्य बढेर बन्दु हुँदा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबार बन्द हुँदा दुई लघुवित्त र एक हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज उन्नति सहकारी लघुवित्त र स्वाभिमान लघुवित्त तथा अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा उन्नति लघुवित्तको सेयर मूल्य १६१ रुपैयाँ ३० पैसाले बढेर १ हजार ७७४ रुपैयाँ ४० पैसा पुगेको छ ।
यो अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बढी हो । त्यस्तै आज स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि प्रतिकित्ता १८५ रुपैयाँ ९० पैसाले बढेर २ हजार ४४ रुपैयाँ ९० पैसामा कारोबार बन्द भएको छ । यो कम्पनीको सेयर मूल्यमा पनि १० प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै हेवाखोला हाइड्रोपावरको सेयर मूल्य पनि ५८ रुपैयाँ ६० पैसाले बढेर ६४४ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा मान्डु हाइड्रोपावर र बाराही हाइड्रोपावर रहेका छन् । मान्डु हाइड्रोको सेयर मूल्य ९१ रुपैयाँले बढेर १ हजार २८ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ९.७१ प्रतिशतले बढी हो । त्यस्तै बाराही हाइड्रोपावरको सेयर मूल्य ९.२९ प्रतिशत अर्थात् ६८ रुपैयाँले बढेर ८०० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्