Skip to content

जलवायु वार्तामा गतिरोध तोड्न जी–२० मा आशा

nabil bank
(241117) -- RIO DE JANEIRO, Nov. 17, 2024 (Xinhua) -- This photo taken on Nov. 16, 2024 shows a G20 logo near the main venue of the 19th G20 summit in Rio de Janeiro, Brazil. The 19th G20 summit is scheduled from Nov. 18 to 19 in Rio de Janeiro. (Xinhua/Wang Tiancong)

बाकु । राष्ट्रहरू सोमबार गतिरोधमा परेको संयुक्त राष्ट्रसंघीय जलवायु वार्तामा फर्किँदै छन् । संसारको अर्को छेउमा भेला भएका जी–२० नेताहरूले गरिब देशहरूका लागि सम्झौतामा समर्थन जुटाउने आशा गरिएको छ ।

अजरबैजानको क्याभर्नस स्टेडियममा दुई हप्ताको सौदाबाजीको आधा समय बित्दा पनि कूटनीतिज्ञहरू कोप–२९ को सफलता वा असफलतालाई परिभाषित गर्ने सम्झौताको नजिक पुग्न सकेका छैनन् ।

बाकुमा वार्ताको जिम्मा लिने सरकारी मन्त्रीहरूसँग विकासशील विश्वलाई विश्वव्यापी तापक्रम वृद्धिको सामना गर्न आवश्यक पर्ने पैसा कसरी उपलब्ध गराउने भन्ने गतिरोध तोड्न शुक्रबारसम्मको समय छ ।वार्षिक शिखर सम्मेलनका लागि ब्राजिलमा भेला हुँदा जी–२० नेताहरूमाथि रोकिएको प्रक्रियालाई समर्थन गर्न दबाब बढिरहेको छ ।

‘कोप–२९ को सफल नतिजा अझै पनि सम्भव छ तर यसका लागि नेतृत्व र समझदारी, विशेष गरी जी–२० देशहरूबाट आवश्यक पर्छ’, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबार रियो डी जेनेरियोमा भने । गुटेरेस विश्वको सबैभन्दा ठूला अर्थतन्त्रहरूको समूह जी–२० शिखर सम्मेलनमा सहभागी छन् ।

‘स्वाभाविक रूपमा जी–२० मा ध्यान केन्द्रित छ । उनीहरूले विश्वव्यापी उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्छन्’, समूहलाई ‘उदाहरण बनेर नेतृत्व गर्न’ आह्वान गर्दै उनले भने ।

आयोजकमाथि दबाब

संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्पको पुनर्निर्वाचनको छायाँमा सम्मेलन सुरु भयो र विश्वव्यापी जलवायु लडाइँका लागि समर्थन जुटाउने प्रयासले अर्जेन्टिनाको प्रतिनिधिमण्डल शिखर सम्मेलनबाट फिर्ता भएपछि अर्को धक्का खायो ।

कोप–२९ मा झन्डै दुई सय राष्ट्रले विकासोन्मुख देशहरूलाई ‘हिट–ट्र्यापिङ’ ग्यासको उत्सर्जन कटौती गर्न र बढ्दो जलवायु धक्काहरू विरुद्ध लचिलोपन निर्माण गर्न पर्याप्त रकम उपलब्ध गराउने नयाँ सम्झौताको वार्ता गरिरहेका छन् ।

चीन बाहेकका विकासोन्मुख देशहरूको आवश्यकता मूल्याङ्कन गर्न संयुक्त राष्ट्रसङ्घद्वारा नियुक्त स्वतन्त्र अर्थशास्त्रीहरूका अनुसार यसका लागि दशकको अन्त्यसम्ममा वार्षिक १० खर्ब डलर बाह्य सहायता आवश्यक पर्ने छ ।

जलवायु–जोखिममा रहेका राष्ट्रहरूले यसको एक हिस्सा विकसित देशहरूले तिर्नुपर्ने चाहन्छन् तर दाताहरूले उनीहरू एक्लैले त्यो रकम जुटाउन नसक्ने र निजी क्षेत्र पनि संलग्न हुनुपर्ने बताउँछन् । उनीहरूले जलवायु वित्त तिर्न बाध्य नभएका धनी उदीयमान अर्थतन्त्रहरू विशेषगरी चीनले पनि बोझ बाँड्नुपर्ने चाहन्छन् ।

युरोपेली सङ्घ अन्तर्राष्ट्रिय जलवायु वित्तको सबैभन्दा ठूलो योगदानकर्ता हो तर यसले राजनीतिक र बजेट दबाबको सामना गरिरहेको छ र ट्रम्पअन्तर्गत अमेरिकाले भुक्तानी गर्न अस्वीकार गरेमा एक्लै पर्न सक्छ । बाकुमा भएको सौदाबाजी हिमनदी जस्तै सुस्त रहेको छ तर चिनियाँ र युरोपेली अधिकारीहरूबीचको बैठकलाई अन्यथा निराशाजनक हप्तामा आशाको किरण मानिएको छ ।

पर्यवेक्षकहरूका अनुसार वर्षौंयताकै सबैभन्दा जटिल मानिएको जलवायु वार्ताको नेतृत्व गर्न महत्त्वपूर्ण नेतृत्वको आवश्यकता रहेको बेला कोप–२९ को आयोजक अजरबैजानसँग कूटनीतिक अनुभवको कमी छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ जीवाश्म इन्धनको बचाउ गरेकोमा आलोचनामा पर्नुभयो । त्यस्तै फ्रान्सको औपनिवेशिक इतिहासबारे उनको आक्रामक टिप्पणीका कारण पेरिसका जलवायु दूतले बाकुको टिकट रद्द गरे ।

वित्तीय गतिरोधका अतिरिक्त कोप–२९ मा देशहरूले गत वर्षको ऐतिहासिक विश्वलाई जीवाश्म इन्धनबाट टाढा लैजाने प्रतिबद्धतालाई पुनः दोहोर्याउनुपर्ने छ कि छैन भन्ने विवाद पनि उठिरहेको छ । पहिलो दिन कोप–२९ को औपचारिक एजेन्डामा यो विषय समावेश गर्ने कि नगर्ने विवादले शिखर सम्मेलनको सुरुआत नै केही घण्टा ढिला भएको थियो ।

‘हामी अत्यन्त निराश छौँ, उत्सर्जन कटौतीका प्रयासहरू कोप–२९ मा खाली पृष्ठभन्दा बढी केही थिएनन्’, युरोपेली सङ्घको तर्फबाट बोल्दै भेरोनिका स्कोलाज्स्टिका बागीले शनिबार भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime