Skip to content

निवर्तमान मुख्य सचिव बैकुण्ठ अर्यालले दिए राजीनामा

nabil bank

काठमाडौं । राष्ट्रिय योजना आयोगमा हाजिर भएको भोलिपल्टै निवर्तमान मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । आइतबारमात्र मुख्य सचिवसरहको जिम्मेवारीसाथ राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले भोलिपल्टै सोमबार राजीनामा दिएका हुन् ।

आगामी मन्त्रिपरिषद बैठकमा अर्यालको राजीनामा पेश हुने र स्वीकृत हुने बताइएको छ । १४ कार्तिकमा आन्तरिक सेटिङ गरेर भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आफ्नो फेस सेभका लागि राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहकै जिम्मेवारी मागेको र हाजिर गरेको भोलिपल्टै राजीनामा दिइएको बताइएको छ ।

रमानापत्र लिएर आइतबार मात्रै निर्वतमान मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भनी लागेको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime