काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १ः१ अर्थात् एक सेयर बराबर एक सेयर अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
साथै बैठकले उक्त निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोग समक्ष पेश गर्ने पनि बताएको छ । आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी आठौं वार्षिक साधारणसभामा प्रस्ताव पेश गरिने कम्पनीका अध्यक्ष डा. एक नारायण चापागाईले जानकारी दिएको छ ।
हकप्रद सेयर निष्काशनपछि प्राप्त हुने रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानीगर्न र दरम खोला ‘ए’ जलविद्युत आयोजनाको मर्मत सुधारका लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्