काठमाडौं । चिनियाँ कम्पनी बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्कले हालै लन्च भएको बिवाइडी एट्टो ३ २०२४ भर्सनका लागि विशेष मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ। ‘बिवाइडी ड्राइभ टु डिस्कभर’ नाम दिइएको यो कार्यक्रमले मिडिया प्रतिनिधिहरूलाई नेपालको विभिन्न भू–भागमा ड्राइभ गर्दै नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभीको विशेष क्षमता अनुभव गराएको छ।
काठमाडौंको नक्सालस्थित बिवाइडी शोरूममा आयोजना गरिएको यस कार्यक्रममा मिडिया प्रतिनिधि र अटोमोबाइल प्रेमीहरूको सहभागिता देखिएको थियो। सहभागीहरूले बिवाइडी एट्टो ३ २०२४ को पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिलाई प्रत्यक्ष अनुभव गर्ने मौका पाए। कार्यक्रममा अटोमोबाइल मिडियाका प्रतिष्ठित व्यक्तित्वहरूको पनि सहभागिता थियो जसले काठमाडौंका ब्यस्त सडकदेखि शिवपुरी भिलेज रिसोर्टको सुन्दर र शान्त ठाउँसम्मको यात्रा पूरा गरे।
बिवाइडी ड्राइभ टु डिस्कभरको रुट, गाडीको बहुउपयोगी क्षमताहरू देखाउन डिजाइन गरिएको थियो जसमा सहरका सडक, उकालो र अफ–रोड बाटाहरू समावेश थिए। यात्रा बिवाइडी शोरूमबाट सुरू भएर भाटभटेनी, गैरीधारा, उत्तरढोका, लाजिम्पाट, महाराजगन्ज, हात्तीगौँडा, टोखा रोड, र शिवपुरी हाइवे हुँदै सुन्दर शिवपुरी संरक्षण क्षेत्रबाट शिवपुरी भिलेज रिसोर्टसम्म पुगेको थियो। बिवाइडी एट्टो ३ को मुख्य विशेषता दिगो र नयाँ प्रविधिमा आधारित इन्जिनियरिङ हो।
यो एसयुभीमा बिवाइडीको क्रान्तिकारी ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले ब्याट्रीको सुरक्षा, आयु र प्रदर्शनलाई सुधार गर्छ। बिवाइडीको डिजाइन दर्शन अनुसार एट्टो ३ २०२४ संस्करणमा आधुनिक र आकर्षक देखिने ड्रागन फेस ३।० बाहिरी डिजाइनमा समावेश छ। गाडीभित्र ड्राइभर र यात्रुको अनुभवलाई अझ राम्रो बनाउनको लागि आरामदायी र स्टाइलिश इन्टेरियर प्रदान गरिएको छ।
बिवाइडी एट्टो ३ २०२४ ले केवल बिवाइडीको नवीनताप्रतिको प्रतिबद्धता मात्र होइन नेपालको हाम्रा ग्राहकहरूका लागि इभी अनुभव सुधार गर्ने हाम्रो प्रतिबद्धता पनि झल्काउँछ। एट्टो ३ को उत्कृष्ट सुरक्षा, प्रदर्शन र वातावरणमैत्री दक्षताले यसलाई इभी बजारको अगुवा र हरित नेपालको हाम्रो दृष्टिको महत्वपूर्ण हिस्सा बनाएको छ,ु साईमेक्स इन्कका नेशनल सेल्स हेड अशुतोष गौतमले भने।
कार्यक्रमले नेपालको इभी पूर्वाधारलाई सुदृढ गर्न साईमेक्स इन्कले गरिरहेका प्रयासहरूलाई पनि उजागर गर्यो। यो पहलको हिस्साको रूपमा, साइमेक्स इन्कले ४३ भन्दा बढी फास्ट चार्जिङ नेटवर्क स्थापना गरिसकेको छ र चाँडै नै देशभर १०० भन्दा बढी चार्जिङ स्टेशन पुर्याउनेछ।
प्रतिक्रिया दिनुहोस्