काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।
केबुलकारको ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ । बिक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा केबुलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।
प्रभु केबलकारको लगानीमा तीन वटा केबुलकार परियोजनाहरु अगाडि बढेका छन् । जसमध्ये बुटवलमा ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केबुलकार परियोजना गत असोजदेखि व्यवसायिक सञ्चालनमा आइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्