काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखने भएको छ । केन्द्रीय बैंकले आफ्ना विभिन्न फण्डमा रहेको रकम वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा राख्न लागेको हो ।
त्यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । उक्त रकम मुद्दतीमा राख्नका लागि राष्ट्र बैंकले तोकेको मापदण्ड पुग्ने इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
मुद्दतीको म्याच्योरिटी अवधि ३६६ दिन हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा जनाएको छ । यसमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिने केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्