Skip to content

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा मंसिर २५ गते

nabil bank

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले ३८ औं वार्षिक साधारणसभा मंसिर २५ गतेका लागि आह्वान गरेको छ । बैंकको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सभा बस्ने निर्णय गरेको हो ।

सभामा हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत अर्थात् प्रति १०० सेयरमा ६.५ शेयरका दरले बोनस सेयर र १९ प्रतिशत अर्थात् प्रति सेयर १९ रुपैयाँ नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पेश गरिनेछ । बैंकको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न र आवश्यक परेको खण्डमा प्रबन्धपत्र तथा नियमावलीको संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।

यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ६ गते अर्थात् पर्सि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ भोलिसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime