Skip to content
Prabhu

सिटिजन्स बैंकको संस्थापक सेयर किन्ने अवसर, प्रतिकित्ता १०३ रुपैयाँ

nabil

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४०.८७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर बैंकले यसअघि नै संस्थापक सेयरधनी र त्यसपछि सर्वसाधारणलाई खरीदका लागि प्रस्ताव गरेकोमा आवेदन परेको थिएन । आवेदन नपरेपछि सम्बन्धित सेयरधनीको निवेदनमा प्रतिकित्ता न्यूनतम मूल्य १०३ रुपैयाँ कायम गरी पुनः बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

सो सेयर खरीद गर्न इच्छुक तथा योग्य लगानीकर्ताले ७ दिनभित्र नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal